Kathmandu Press

स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार हुनु दुःखद् : महामन्त्री कोइराला

काठमाडौं, भदौ ८ :  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीमा....

स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार हुनु दुःखद् : महामन्त्री कोइराला
फाइल

काठमाडौं, भदौ ८ :  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार हुनु दु:खद् भएको बताएका छन्। 

महाममन्त्री कोइरालाले सोमबार विज्ञप्ति जारी गरी कोरोना संक्रमितको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मीमाथि बानेश्वरमा गरिएको अमानवीय व्यवहारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन्। उनले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सम्पूर्णलाई साथ दिनु सरकारसँगै हरेक नागरिकको दायित्व भएको बताए।

कोइरालाले अहिलेको जटिल अवस्थामा स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला भएको बताएका छन्। 

‘स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सहयोगविना कोरोना भाइरसविरुद्ध विजय प्राप्त गर्न असम्भव छ। यो कुरा सरकारलगायत नागरिकले बुझ्नु जरुरी छ,’ कोइरालाले भनेका छन्।

उनले कोरोना संक्रमितको उपचारका लागि अस्पताल भर्ना गर्नसमेत सम्बन्धित मन्त्रालयको सिफारिस चाहिने कुरा हास्यास्पद भएको बताएका छन्। उनले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन आग्रह पनि गरेका छन्। 
 

प्रकाशित मिति: १५:३४ बजे, सोमबार, भदौ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्