Kathmandu Press

हेटौँडामा जारी निषेधाज्ञा भदाै १५ सम्मका लागि लम्ब्याइयो

हेटौँडा, भदौ ८ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञा लम्ब्याइएको छ। 

जिल्ला प्रशासन कार्यालय मकवानपु....

हेटौँडामा जारी निषेधाज्ञा भदाै १५ सम्मका लागि लम्ब्याइयो
फाइल

हेटौँडा, भदौ ८ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञा लम्ब्याइएको छ। 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरेको हो।  यसअघि गत साउन २६ देखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो।

Hardik ivf

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले उक्त स्थानमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

निषेधाज्ञाका समयमा बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरीद गर्न दिइने भएको छ । पसल खोल्दा र  व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा र  सेनिटाइजर अनिवार्य  प्रयोग  र सामाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जारी गरेको सूचनामा उल्लेख छ।

यसैगरी, जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा केही दिनअघिदेखि जारी गरिएको जिप्रकाले जनाएको छ। 

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, भदौ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्