Kathmandu Press

सुदूरपश्चिममा सैनिकसहित ५७ जनामा कोरोना संक्रमण

डडेल्धुरा, भदौ ८ : सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक....

सुदूरपश्चिममा सैनिकसहित ५७ जनामा कोरोना संक्रमण

डडेल्धुरा, भदौ ८ : सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालका अनुसार संक्रमण देखिएकाहरु बैतडी, कञ्चनपुर कैलालीका छन्।

कैलालीको घोडाघोडी नगरपालिकामा ३१, टीकापुर नगरपालिकामा आठ, गौरीगंगा नगरपालिकामा सात र जानकी गाउँपालिकामा एक जनालाई संक्रमण देखिएको छ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकामा आठ र महाकाली नगरपालिकामा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालालले जनाएको छ।

बैतडीमा संक्रमण देखिएका एक जना सैनिक रहेका छन्। उनी बैतडी सदरमुकामस्थित नेपाली सेनाको गुल्ममा कार्यरत रहेको जनाएको छ।

डडेल्धुरा प्रयोगशलामा एक हजार एक सय एक नमुना परीक्षण गरिएको इन्चार्ज भूषालले बताए। त्यसमध्ये एक हजार ४९ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

प्रकाशित मिति: १४:१७ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्