Kathmandu Press

जंगली च्याउ खाएका चार जनाको अवस्था गम्भीर

डोल्पा, भदौ ८ : डोल्पामा जंगली च्याउ खाँदा चार जना बिरामी परेका छन्। गम्भीर अवस्थाका बिरामी रहेका चार जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। 

जंगली च्याउ खाएका चार जनाको अवस्था गम्भीर
प्रतिकात्मक तस्बिर

डोल्पा, भदौ ८ : डोल्पामा जंगली च्याउ खाँदा चार जना बिरामी परेका छन्। गम्भीर अवस्थाका बिरामी रहेका चार जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार ठुलीभेरी नगरपालिका ७ का ३१ सूर्यबहादुर शाही, उत्तम शाही, वडा नं ८ का सत्यबहादुर शाही र कमलबहादुर शाही च्याउ खाएर बिरामी परेका हुन्। 

ठुलिभेरी नगरपालिकास्थित पोखेपानी पाटनमा गोठालो बसेका चार जनाले तरकारीको रुपमा जंगली खाएका थिए। 

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, भदौ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्