आयल निगम र भन्सार कर्मचारीसहित ५३ जनामा कोरोना
वीरगञ्ज, भदौ ८ : पर्सामा नेपाल आयल निगम र भन्सारका कर्मचारीसहित ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गए....

वीरगञ्ज, भदौ ८ : पर्सामा नेपाल आयल निगम र भन्सारका कर्मचारीसहित ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षण उनीहरुलाई सक्रमण पुष्टि भएको जनाएको छ। अस्पतालका अनुसार अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा कार्यरत नौ जना र वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना देखिएको छ।
त्यस्तै, ५३ जनामध्ये १९ जना बाराका छन्। संक्रमितहरु साढ दुई वर्षीय बालकदेखि ७२ वर्षका बृद्धसम्मका छन्।
अस्पतालकाका अनुसार गएराति तीन सय पाँच जनाको स्वाब परीक्षण गरिएको थियो। धेरैजसो कन्ट्याक्ट ट्रेसिङको क्रममा लिएका नमुना थिए। संक्रमितहरुमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङ क्रममा संक्रमण देखिएको हो।
संक्रमण देखिएका आयल निगमका कर्मचारीसँगै ट्यांकर चालक पनि छन्। त्यस्तै, केही स्थानीय वासिन्दामा पनि कोरोना देखिएको हो। धेरैजसो वीरगञ्जकै बासिन्दा रहेका छन्।











