नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं, भदौ ८ : वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० व....

काठमाडौं, भदौ ८ : वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो।
क्षरोगको बिरामी रहकी महिलालाई स्वास प्रश्वासमा समस्या देखिएपछि शनिबार नारायणी अस्पताल भर्ना गरिएको थियो। कोभिड १९ अस्पतालमा बेड खाली नभएपछि महिलालाई अस्पतालकै आइसियूमा रखेर उपचार गरिएको थियो।
शनिबार गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: १२:०३ बजे, सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











