Kathmandu Press

डायलासिस गरिरहेका मिर्गौलापीडितको कोरोनाबाट मृत्यु

काठमाडौं, भदौ ८ : भक्तपुरमा मिर्गौलाको डायलासिस गरिरहेका एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

रूपन्देहीको बुटवलका ५४ वर्षीय पुर....

डायलासिस गरिरहेका मिर्गौलापीडितको कोरोनाबाट मृत्यु

काठमाडौं, भदौ ८ : भक्तपुरमा मिर्गौलाको डायलासिस गरिरहेका एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

रूपन्देहीको बुटवलका ५४ वर्षीय पुरुष भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहेका थिए। उनी लामो समयदेखि मिर्गौला रोेगबाट पीडित थिए।

डायलासिस गराउने क्रममै उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। आइतबार उपचारका क्रममै मृत्यु भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ।  पछिल्लो २४ घन्टामा कोरोनाबाट तीन जनाको मृत्यु भइसकेको छ। आइतबार राति बिराटनगर र धरानमा दुई जनाको मृत्यु भएको थियो।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ५२ पुगेको छ। अहिलेसम्म कोरोनाबाट ३१ हजार नौ सय ३५ जनालाई संक्रमण भएको छ।

प्रकाशित मिति: ११:५१ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्