गोली हानेर भारतीय नागरिकको हत्या
बुटवल, चैत १४ : भारतीय नागरिकको बुटवल उपमहानगरपालिका– १ गडी टोलमा गोली हानेर हत्या गरिएको छ।
भारतको बेलियाका ४० वर्षीय फिरोज खानको अज्....

बुटवल, चैत १४ : भारतीय नागरिकको बुटवल उपमहानगरपालिका– १ गडी टोलमा गोली हानेर हत्या गरिएको छ।
भारतको बेलियाका ४० वर्षीय फिरोज खानको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनी बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लका अनुसार, गोली लागी घाइते भएका खानलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको छ।
आक्रमणको कारण खुल्न सकेको छैन् । आक्रमणकारी समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, चैत १४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(55)-1765012331.jpg)




-(86)-1764936079.jpg)


-1764760320.jpg)