गण्डकीमा थप आठ जनालाई कोरोना संक्रमण
पोखरा, भदौ ८ : गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आज बिहान आएको परीक्षण रिपोर्टमा आठ जनालाई संक्रमण पुष्टि भएको प....

पोखरा, भदौ ८ : गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आज बिहान आएको परीक्षण रिपोर्टमा आठ जनालाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासी, तनहुँ र बाग्लुङमा दुई–दुई तथा म्याग्दी र स्याङ्जामा एक–एक जनालाई कोरोना संक्रमण भएको हो।
संक्रमण देखिएकाहरुमा तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा दुई जना छन भने नवलपुरको विनयत्रिवेणी–१ मा ६ वर्षीया बालिका र २८ वर्षीय युवक रहेका छन्।
त्यस्तै, बाग्लुङ नगरपालिका–२ मा २० र २२ वर्षका युवक तथा म्याग्दीको बेनीमा २० वर्षीय युवक र स्याङ्जाको पुतलीबजारका ३७ वर्षीय युवकलाई कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार आठ सय ८८ पुगेको छ।











