Kathmandu Press

धरानमा प्लाज्मा थेरापीबाट उपचार भइरहेका संक्रमितको मृत्यु

धरान, भदौ ८ : प्लाज्मा थेपारीबाट उपचार चलिररहेका धरानका एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प....

धरानमा प्लाज्मा थेरापीबाट उपचार भइरहेका संक्रमितको मृत्यु

धरान, भदौ ८ : प्लाज्मा थेपारीबाट उपचार चलिररहेका धरानका एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय बृद्धको गएराति मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उनलाई साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या आएपछि साउन ३० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या आउनका साथै ज्वरो पनि आइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो।

त्यसपछि कोरोनाबाट निको भएका मोरङको सुन्दरहरैचाका एक युवकको प्लाज्मा दिएर उपचार भइरहेको थियो। उपचारका क्रममै आइतबार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए। प्रतिष्ठानमा प्लाज्मा थेपारीबाट उपचार सुरु गरिएका उनी पहिलो व्यत्तिः हुन्।

योसँगै सुनसरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। त्यस्तै, प्रदेश १ मा कोरोनाबाट २० जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १०:२४ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्