विराटनगरमा कोरोना संक्रमणबाट वृद्धको मृत्यु
विराटनगर, भदौ ८ : कोरोना भाइरसको संक्रमणबाट विराटनगर महानगरपालिकामा गएराति एक जना बृद्धको मृत्यु भएको छ।
कोसी अस्पतालका अनुसार कोरोना संक्रम....

विराटनगर, भदौ ८ : कोरोना भाइरसको संक्रमणबाट विराटनगर महानगरपालिकामा गएराति एक जना बृद्धको मृत्यु भएको छ।
कोसी अस्पतालका अनुसार कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय बृद्धको मृत्यु भएको हो। उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको बिहीबार स्वाब संकलन गरिएको थियो। आइतबार कोरोना संक्रमण भएको रिपोर्ट आएसँगै कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो।
साँझ ६ बजे अस्पताल भर्ना भएका उनको राति ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
उनको परिवारका थप तीन जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरुलाई आइसोेलेसनमा राख्ने तयारी भइरहेको महानगरले जनाएको छ।
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ५० पुगेको छ। अहिलेसम्म कोरोनाबाट ३१ हजार नौ सय ३५ पुगेको छ।











