Kathmandu Press

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न तरुण दलको माग

काठमाडौं, भदौ ८ : नेपाल तरुण दलले कोरोना महामारीको जोखिमपूर्ण अवस्थामा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहार, अपहेलना&nb....

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न तरुण दलको माग

काठमाडौं, भदौ ८ : नेपाल तरुण दलले कोरोना महामारीको जोखिमपूर्ण अवस्थामा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहार, अपहेलना र आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।

दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगायत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदायप्रति हुँदै आएको दुर्व्यवहारप्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै अमानवीय व्यवहारमा संलग्न जो सुकै भएपनि कारवाहीको दायरामा ल्याउन र सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य गर्न सरकारसमक्ष माग गरेको हो।

विषम परिस्थितिमा समाजको अग्रपंक्तिमा रहेर जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति दलले सम्मान समेत प्रकट गरेको छ। 

प्रकाशित मिति: ०८:१८ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्