Kathmandu Press

पोखरामा थप ५ दिन लम्बियो निषेधाज्ञा

काठमाडौं, भदौ ८ : कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि कास्कीमा जारी निषेधाज्ञा पुनः पाँच दिन थपिएको छ ।

भदौ ३ देखि आइतबार राति सकिएको निषे....

पोखरामा थप ५ दिन लम्बियो निषेधाज्ञा

काठमाडौं, भदौ ८ : कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि कास्कीमा जारी निषेधाज्ञा पुनः पाँच दिन थपिएको छ ।

भदौ ३ देखि आइतबार राति सकिएको निषेधाज्ञालाई आइतार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पाँच दिन लम्ब्याउने निर्णय गरेको हो। निषेधाज्ञाको अवधिमा नागरिकको दैनिकीलाई सजिलो पार्न खाद्य सामग्रीका पसल बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको थियो। यही निर्णय नै आगामी ५ दिन कार्यान्वयनमा रहने छ।

 एम्बुलेन्स, दमकल, शव वाहन, खाद्य सामग्री तथा पशुपक्षीका दाना, तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी बोक्ने सवारी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी आउजाउ गर्न प्रयोग गर्ने सवारी सञ्चालन गर्न पाउनेछन्।

यस्तै, औषधि तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी, अत्यावश्यक सरकारी कामकाजका सवारी, झण्डाबहाक सवारी, कूटनीतिक नियोगका सवारी, मालबहाक सवारी, प्रेस पास तथा परिचय पत्र भएका सञ्चारकर्मीका सवारी साधन बाहेकका कुनै पनि सवारीहरू निषेधाज्ञाको अवधिमा चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। 

प्रकाशित मिति: ०८:०१ बजे, सोमबार, भदौ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्