Kathmandu Press

कोरोना कहर : देशका ४८ जिल्लामा निषेधाज्ञा जारी 

काठमाडौं, भदौ ८ : सरकारले हाल ४८ जिल्लामा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रलायले आइतबार राति ४८ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरेको जनाएको ....

कोरोना कहर : देशका ४८ जिल्लामा निषेधाज्ञा जारी 

काठमाडौं, भदौ ८ : सरकारले हाल ४८ जिल्लामा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रलायले आइतबार राति ४८ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरेको जनाएको छ।  

जस अनुसार ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आ‌ंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरिएको हो ।

मन्त्रालयबाट प्राप्त विवरण अनुसार आइतबारसम्ममा सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ।

यस्तै नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ ।

आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन्।

महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गराएका छन्।
 

प्रकाशित मिति: ०७:३९ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्