Kathmandu Press

यी १५ अस्पताल, जहाँ कोरोना संक्रमितलाई प्लाज्मा थेरापी गरिन्छ

काठमाडौं, भदौ ७ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले देशभरका १५ अस्पताललाई कोरोना भाइरसका संक्रमितमा प्लाज्मा थेरापी गर्ने अनुमति दिएको छ। परिषद्का सद....

यी १५ अस्पताल, जहाँ कोरोना संक्रमितलाई प्लाज्मा थेरापी गरिन्छ

काठमाडौं, भदौ ७ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले देशभरका १५ अस्पताललाई कोरोना भाइरसका संक्रमितमा प्लाज्मा थेरापी गर्ने अनुमति दिएको छ। परिषद्का सदस्य सविच डा. प्रदीप ज्ञवालीका अनुसार ती अस्पतालमा अब्जर्भेसन स्टडीकारुपमा अनुसन्धनका लागि प्लाज्मा थेरापी गर्ने अनुमति दिइएको हो। 

उनका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवी शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नारायणी अस्पताल, काठमाडौं विश्वविद्यालय चिकित्सा विज्ञान कलेज, भरतपुर अस्पताल, भेरी प्रादेशिक अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, सेती प्रादेशीक अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल, पाटन अस्पताल, शशस्त्र प्रहरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्लाज्मा थेरापी गर्न स्विकृति दिइएको हो। 

ती अस्पतालमा तोकिएका चिकित्सकको निगरानीमा, परिषद्को प्रोटोकल अनुसार ब्लड बैंकको सहयोगमा प्लाज्मा थेरापी हुनेछ। ज्ञवालीले प्लाजमा थेरापीमा सहयोग गर्न चहाने व्यक्तिले परिषद्लाई सिधै सम्पर्क गर्न सक्ने बताए।

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्