आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या बढ्दो
काठमाडौं, भदौ ७ : नेपालमा आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एक सय ३७ जना....

काठमाडौं, भदौ ७ : नेपालमा आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एक सय ३७ जना संक्रमित आइसियूमा छन्।
प्रदेश १ मा १७, प्रदेश २ मा ४९, वागमती प्रदेशमा ५२, गण्डकीमा ३ र प्रदेश पाँचमा १६ जना संक्रमित आइसियूमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
यस्तै १० जना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ। उनीहरु सबै बागमती प्रदेशका रहेको गौतमले बताए।
प्रकाशित मिति: १६:५० बजे, आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











