काठमाडौंमा थपिए कोरोनाका एक सय ६६ नयाँ संक्रमित
काठमाडौं, भदौ ७ : काठमाडौं उपत्यकामा थप एक सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा....

काठमाडौं, भदौ ७ : काठमाडौं उपत्यकामा थप एक सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंमा १२६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। संक्रमितमध्ये १८ हजार ६३१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४९ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार आइबारमात्रै २८१ जना कोरोनालाई जितेर घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२५ बजे, आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











