Kathmandu Press

दुई कोरोना संक्रमित थुनुवा अस्पतालबाट फरार

वीरगञ्ज, भदौ ७ : वीरगन्ज हेल्थ केयर विशेष अस्थायी कोभिड अस्पतालबाट दुई जना कोरोना संक्रमित फरार भएका छन्। दुवै जना शनिबार राति फरार भएका हुन्।

....
दुई कोरोना संक्रमित थुनुवा अस्पतालबाट फरार

वीरगञ्ज, भदौ ७ : वीरगन्ज हेल्थ केयर विशेष अस्थायी कोभिड अस्पतालबाट दुई जना कोरोना संक्रमित फरार भएका छन्। दुवै जना शनिबार राति फरार भएका हुन्।

स्वास्थ्यकर्मी  राति राउन्डमा जाँदा दुईजना संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए। अस्पतालबाट सूचना आउनासाथ फरार संक्रमितको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनीहरुलाई  सार्वजनिक अपराध अभियोगमा पक्राउ गरेको थियो। पक्राउपछि संक्रमण पुष्टि भएका दुई जनालाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो।
 
प्रकाशित मिति: १५:१५ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्