Kathmandu Press

लिखु गाउँपालिकाको उपाध्यक्षलाई कोरोना संक्रमण पुष्टि

ओखलढुङ्गा, भदौ ७ : लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। उहाँ गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फ....

लिखु गाउँपालिकाको उपाध्यक्षलाई कोरोना संक्रमण पुष्टि

ओखलढुङ्गा, भदौ ७ : लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। उहाँ गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न र संक्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी थिइन्।

गाउँपालिकाको कामका सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा  समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेटिभ  आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए। उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेकी छिन्। ‘स्वास्थ्यमा खासै समस्या रहेको छैन। घरैमा बसेर आराम गरिरहेकी छु। छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु’, उनले  भनिन्।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको थिएन। लिखु गाउँपालिकामा  कोरोनाको संक्रमण देखिएको थियो। जिल्लामा अहिले दुई सक्रिय कोरोना संक्रमित छन्। उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, भदौ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्