पश्चिम नवलपरासीमा तीन डाक्टरसहित २९ जनामा कोरोना
परासी, भदौ ७ : पश्चिम नवलपरासीमा तीन जना चिकित्सकसहित २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आइतबार भैरहवास्थित प्रादेशिक प्रयोगशालामा ग....

परासी, भदौ ७ : पश्चिम नवलपरासीमा तीन जना चिकित्सकसहित २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आइतबार भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पृथ्वीचन्द्र अस्पतालका तीन चिकित्सकसहित २९ जनामा संक्रमण पुष्टि भएको छ। तीन जना चिकित्सकसहित चार स्वास्थ्यकर्मीमा कोरोनादेखिएपछि अस्पताल सिल गर्न लागिएको पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मोहम्मद नुरुल होदाले बताए।
जोखिमयुक्त क्षेत्रमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो। त्यसक्रममा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए।
आज संक्रमण देखिएका संक्रमितमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी रहेका छन्। जनप्रतिनिधि पाल्हिनन्दन गाउँपालिका छन्। गाउँपालिका कार्यालय पनि सिल गर्ने तयारी गरिएको ढकालले बताए।











