Kathmandu Press

हरिबहादुरसँगको घम्साघम्सीमा चितुवा मर्‍यो

लमजुङ, भदाै ७ : बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ।

बिहान ६ बजेतिर गाउँ पस....

हरिबहादुरसँगको घम्साघम्सीमा चितुवा मर्‍यो

लमजुङ, भदाै ७ : बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ।

बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मरेको हो।
 
थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो। भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। 

अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको छ। मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ। ‘वन ऐनअनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’,  प्रजिअ शर्माले भने।

प्रकाशित मिति: १३:०१ बजे, आइतबार, भदौ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्