Kathmandu Press

स्वाब दिएर घर गएका युवकमा कोरोना, गाउँ नै सिल

डडेल्धुरा, भदौ ७ : परीक्षणका लागि सदरमुकाममा स्बाद दिएर घर गएका डडेल्धुराको अजयमेरु गाउँपालिका २ का एक जनामा कोरोना देखिएको छ। उनले थुप्रै मान्छेसँग भ....

स्वाब दिएर घर गएका युवकमा कोरोना, गाउँ नै सिल

डडेल्धुरा, भदौ ७ : परीक्षणका लागि सदरमुकाममा स्बाद दिएर घर गएका डडेल्धुराको अजयमेरु गाउँपालिका २ का एक जनामा कोरोना देखिएको छ। उनले थुप्रै मान्छेसँग भेटघाट गरेको पाएपछि गाउँ नै सिल गरिएको छ।

उनी केही दिन अघि पर्साबाट आएका थिए। घर फर्किदा सदरमुकाममा स्वाब संकलन गरिएको थियो। तर, क्वारेन्टाइनमा बस्नुको सट्टा सिधै घर गएका थिए।

शनिबार साँझ आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ। संक्रमण देखिएपछि उनको गाउँ नै सिल गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।

प्रहरीका अनुसार उनले गाउँमा आफन्त र नातेदारसँग भेटघाट गरेको पाइएको छ। उनी गाउँमा डुलेको पाइएपछि गाउँनै सिल गरिएको वडाध्यक्ष शिवराज भट्टले बताए। अब उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिने भएको छ।

 

प्रकाशित मिति: १२:५९ बजे, आइतबार, भदौ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्