प्रसूति गृहको तीन चिकित्सकसहित आठ जनामा कोरोना संक्तमण पुष्टि
काठमाडौं, भदौ ७ : परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये....

काठमाडौं, भदौ ७ : परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये तीन जना चिकित्सक, एक नर्स, एक फार्मेसीमा काम गर्ने व्यक्ति, एक प्राविधिक, एक सुरक्षा गार्ड र एक अस्पतालभित्रको बैंकका एक कर्मचारी रहेका छन्।
संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा रहेका छन् भने अन्य होम आइसोलेसनमा बसेका छन्।
अस्पतालमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा अन्य १६ जनाको स्वब परीक्षण गर्ने तयारी अस्पतालले गरेको छ।
स्वास्थ्यकर्मीमा संक्रमण देखिए पनि अस्पतालको कुनै पनि सेवा प्रभावित नभएको असपतालले जनाएको छ।
प्रकाशित मिति: १२:४५ बजे, आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











