बारा र पर्सामा थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ७ : बारा र पर्सामा आइतबार थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३४ महिलासहित एक सय ५६ जनामा....

काठमाडौं, भदौ ७ : बारा र पर्सामा आइतबार थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३४ महिलासहित एक सय ५६ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेहरुमा स्वास्थ्यकर्मी प्रहरी कर्मचारी,पत्रकार तथा नेपाली सेनासमेत रहेका छन्।
तीन सय २० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा बाराका ११ र पर्साका एक सय ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन्।
पर्सामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: ११:३० बजे, आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











