Kathmandu Press

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, भदौ ७ : पर्साको वीरगञ्ज महानगरपालिका—११ श्रीपुरकी ५६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ।

वीरगञ्जस्थित वीरगन्ज हेल्थ केयर....

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु
फाइल फाेटाे

वीरगञ्ज, भदौ ७ : पर्साको वीरगञ्ज महानगरपालिका—११ श्रीपुरकी ५६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ।

वीरगञ्जस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत उनको शनिबार बेलुका साढे ७ बजे मृत्इु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनी  गत साउन २४ गतेदेखि उपचाररत थिइन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनको साउन २२ गते स्वाब संकलन गरिएको थियो। साउन २४ गते आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको थियो। त्यसपछि अस्थायी कोरोना अस्पताल भर्ना भएकी थिइन्।

उनलाई कोरोनाका लक्षण देखिएका थिए। ज्वरो आउनका साथै खोकी लाग्ने गरेको थियो। त्यस्तै, थाइरोइड र श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो।

उनको स्वास्थ्य बिग्रिदै गएपछि शनिबार बिहानै भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा उपचार चलिरहेकै वेला शनिबार बेलुका मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। त्यस्तै, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ४८ पुगेको छ।

 

प्रकाशित मिति: ०९:४८ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्