सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं, भदौ ७ : सुदूरपश्चिम प्रदेशमा आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ ।
आन्तरिक मामिला तथा कानून म....

काठमाडौं, भदौ ७ : सुदूरपश्चिम प्रदेशमा आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा आज बिदा दिइएको हो ।
अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ ।
प्रकाशित मिति: ०९:१८ बजे, आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार