Kathmandu Press

आज राजधानीका यी स्थानमा विद्युत कटौती हुने

काठमाडौं, भदौ ७ : नयाँ फिडर लाइन तान्ने काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा ....

आज राजधानीका यी स्थानमा विद्युत कटौती हुने

काठमाडौं, भदौ ७ : नयाँ फिडर लाइन तान्ने काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्