कोरोना संक्रमणबाट वागमती प्रदेशमा अहिलेसम्म २९ को मृत्यु
हेटाैँडा, भदाै ६ : वागमती प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म २९ जनाको मृत्यु भएको छ।
मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित त....

हेटाैँडा, भदाै ६ : वागमती प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म २९ जनाको मृत्यु भएको छ।
मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्युु भइसकेको बताइएको छ। मकवानपुरमा हालसम्म सङ्क्रमितको सङ्ख्या २६० पुगेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखापरेको छ।
प्रदेशमा ७३४ जना कोरोना सङ्क्रमित उपचारपश्चात् घर फर्केका छन्। सङ्क्रमितमध्ये धेरैको आइसोलेसनमा उपचार भइरहेको छ। मन्त्रालयबाट प्राप्त जानकारीअनुुसार कोरोना सङ्क्रमण जनस्तरमा फैलिन थालेपछि प्रदेश सरकारले कोरोना जाँच गर्ने दायरा बढाएको छ । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा सङ्क्रमित फेला परेकाले कडाइ गरिएको छ।
यसैबीच, कोरोना सङ्क्रमण नियन्त्रणका लागि हेटाैँडामा जारी गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ। निषेधाज्ञाका कारण हेटौँडालगायत आसपास बजार पूर्ण रुपमा बन्द रहेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कोरोना जनसमुदायमा फैलिन थालेपछि यही भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए। रासस











