नेकपाको कार्यदलले बुझायो प्रतिवेदन
काठमाडाैं, भदाै ६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ।
....
काठमाडाैं, भदाै ६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ।
शनिबार अपरान्ह बालुवाटारमा कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो। गत साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले पास गर्दै अध्यक्षलाई बुझाएको कार्यदल सदस्य पम्फा भुसालले जानकारी दिइन्।
नेकपाले महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेता जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुषाल र शंकर पोखरेल सम्मिलित ६ सदस्यीय कार्यदल गठन गरेको थियो।
प्रकाशित मिति: १७:३६ बजे, शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार