Kathmandu Press

काठमाडौं उपत्यकामा शनिबार थपिए २१६ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ६ : काठमाडौं उपत्यकामा थप २१६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा काठमाडौं उप....

काठमाडौं उपत्यकामा शनिबार थपिए २१६ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ६ : काठमाडौं उपत्यकामा थप २१६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २१६  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंमा १६०, ललितपुरमा ६  र भक्तपुरमा ५० जना रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार  ११७  पुगेको छ। संक्रमितमध्ये १८ हजार ३५० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४६ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै १३६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित मिति: १६:२२ बजे, शनिबार, भदौ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्