गण्डकी प्रदेशमा थपिए २४ जना कोरोना संक्रमित
पोखरा, भदाै ६ : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञ....

पोखरा, भदाै ६ : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।
उनका अनुसार कास्की १६, नवलपुरका तीन, तनहुँ र स्याङ्जाका दुई-दुई तथा बागलुङका एक जनामा कोरोना संक्रमण भेटिएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ। तीमध्ये १५९२ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म सात जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १४:३० बजे, शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











