Kathmandu Press

संवैधानिक आयोगमा राजनीतिक भागबन्डा नगर्न पूर्वप्रशासकहरुको माग 

काठमाडौं, भदौ ६ : पूर्वप्रशासक तथा वरिष्ठ अधिवक्ताहरुले संवैधानिक निकायमा राजनीतिक भागबन्डा नगर्न  माग गरेका छन्। 

सरकारले वि....

संवैधानिक आयोगमा राजनीतिक भागबन्डा नगर्न पूर्वप्रशासकहरुको माग 

काठमाडौं, भदौ ६ : पूर्वप्रशासक तथा वरिष्ठ अधिवक्ताहरुले संवैधानिक निकायमा राजनीतिक भागबन्डा नगर्न  माग गरेका छन्। 

सरकारले विभिन्न संवैधानिक आयोगमा रिक्त ४० पदमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गर्ने तयारी गरेसँगै उनीहरुले भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द हुनुपर्ने माग गरेका हुन्।

सदाचार, सक्षमता र नेतृत्वदायी कौशल भएकाहरुमात्रै संवैधानिक आयोगमा जानुपर्ने उनीहरुको माग छ।

‘समग्रमा, इमान्दारिता, कुशलता, दक्षता, प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचारजस्ता मापदण्डको कसीमा उत्रिएका व्यक्तिहरुमात्र संवैधानिक निकायमा नियुक्त गरिनु पर्दछ भन्ने आवाज उठाउँदै यसप्रति सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ।  

सरकारले विभिन्न संवैधानिक आयोगका रिक्त पदमा पदपूर्तिका लागि प्रमुख प्रतिपक्षी दलसँग समेत छलफल गरिसकेको छ। प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर आयोगहरुलाई पूर्णता दिने विषयमा छलफल गरेका थिए। त्यसको विरोध गर्दै उनीहरूले राजनीतिक भागबन्डाका आधारमा नियुक्ति बन्द गर्न माग  गरेका हुन्।

यी हुन् भागबन्डाको अन्त्य गर्न माग गर्नेहरु :
१. वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल
२. पूर्वसचिव श्यामप्रसाद अधिकारी
३. पूर्वसचिव भरतबहादुर थापा
४.चिनिया बस्नेत 
५. पूर्वएआईजी. डा.ठाकुरमोहन श्रेष्ठ
६. पूर्वएआईजी  डा.गोविन्दप्रसाद थापा
७. पूर्व एआईजी अनन्तराम भट्टराई
८. पूर्वएआईजी रविराज थापा
९. वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी
१०.वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने
११.व्यवस्थापन विज्ञ श्री कृष्ण देवकोटा
१२.पूर्वसहायक रथी श्री रामकृष्ण थापा
१३.पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यात
१४. द्वारिकानाथ ढुङ्गेल
 

प्रकाशित मिति: १४:१३ बजे, शनिबार, भदौ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्