सिन्धुपाल्चोकको लिदी पहिरो : मृतकको संख्या ३२ पुग्यो, सात अझै बेपत्ता
काठमाडौं, भदौ ६ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
शनि....

काठमाडौं, भदौ ६ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको संख्या ३२ पुगेको हो।
पहिरोमा बेपत्ता भएका अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पहिरोमा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए।
प्रकाशित मिति: १२:५३ बजे, शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार