सिरहामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
सिरहा, भदौ ६ : सिरहामा मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार मृत्यु भएका मिर्चैया नगरपालिका–४ का ६८ व....

सिरहा, भदौ ६ : सिरहामा मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार मृत्यु भएका मिर्चैया नगरपालिका–४ का ६८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो। शुक्रबार आएको स्वाबको रिपोर्टमा ती पुरुषमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको हो।
मधुमेह र उच्च रक्तचापका बिरामी ती पुरुषको भदौ मंगलबार स्वाब संकलन गरिएपनि रिपोर्ट नआउँदै उनको बुधबार मृत्यु भएको थियो।
योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।
प्रकाशित मिति: ११:४७ बजे, शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











