Kathmandu Press

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध

काठमाडौं, भदौ ६: सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान....

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध

काठमाडौं, भदौ ६: सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका-५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

पहिरो खसेसँगै  सडक पूर्णरुपमा अवरुद्ध भएको  प्रहरीले जनाएको छ। केहीबेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ ।

पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन्।

प्रकाशित मिति: ०८:२४ बजे, शनिबार, भदौ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्