Kathmandu Press

एक जनामा कोरोना संक्रमित भेटाउन एक लाख रुपैयाँ खर्च

काठमाडौं, भदौ ६ : नेपालमा एक जना संक्रमित पत्ता लगाउन  एक लाख चार हजार ६३० रुपैयाँ खर्च भइरहेको छ।

अहिलेसम्म ३० हजार ४८३  संक....

एक जनामा कोरोना संक्रमित भेटाउन एक लाख रुपैयाँ खर्च

काठमाडौं, भदौ ६ : नेपालमा एक जना संक्रमित पत्ता लगाउन  एक लाख चार हजार ६३० रुपैयाँ खर्च भइरहेको छ।

अहिलेसम्म ३० हजार ४८३  संक्रमित पत्ता लगाइएको र पाँच हजार ५०० प्रतिपीसीआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले अहिलेसम्म पाँच लाख ७९ हजार ८९९ जनाको पिसिआर परीक्षण गरिसकेको छ। तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५००  पिसिआर परीक्षण खर्च भएको छ। “एउटा संक्रमण भेटाउनका लागि सरकारले अहिले एक जनामा एक लाख ४ हजार ६३० रुपियाँ खर्च भएको छ।

उपचारमा खर्च एक  व्यक्तिको ३० दिन राख्दा चार लाख ५० हजार रुपियाँ खर्च हुने गरेको छ, ” उनले भने, “ यसरी कोरोनाको जाँच गर्ने र पत्ता लगाउने र  उपचार गर्ने पद्धति धेरै नै खर्चिलो भएको छ।जरुरी काम नपरीकन बाहिर ननिस्कनु होला।”

उनले बाहिर निस्कनै पर्‍यो भने दुई मिटरको दूरी कायम गरी मास्क र  सेनिटाइजर प्रयोग गर्न तथा घर गइसकेपछि साबुनपानीले मिचिमिची हात धुन अनुरोध गरेका छन् । नेपालमा अहिलेसम्म गरिएको परीक्षणमा पाँच लाख ४९ हजार ४१६ जनामा संक्रमण देखिएको छैन।

यस्तै १८ हजार २१४ जना निको भई घर फर्किसकेका छन् भने १३७ जनाको संक्रमणको कारणले मृत्यु भएको छ। यसैगरी संक्रमित बढ्न थालेपछि सघन उपचार कक्ष र भेन्टिलेटरमा उपचार गराउने संक्रमित बढेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आइसियुमा १३३ र भेन्टिलेटरमा १५ जना छन् । यस्तै पाँच सयभन्दा बढी संक्रमित रहेका ६   जिल्ला  मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ  छन् । संक्रमित शून्य  रहेका जिल्लामा भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला छन् । उनले संक्रमण रहेका टोलटोलमा अहिले पनि खुला हिँड्ने र नाचगान गरिएको पाइएकाले त्यसो नगर्न अनुरोध गरे । ।  

उनले धेरै जनामा संक्रमण फैलियो भने उपचारका लागि समस्या झनै थपिने बताए । मन्त्रालयका प्रवक्ता डा गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्थानीय तह, क्लब र  टोललाई व्यक्तिगत भेटघाट र सामूहिक भेट गर्दा निगरानी गर्न र स्वास्थ्य सचेतना अभियान सञ्चालन, अनुगमन गर्न तथा स्वास्थ्य मापदण्डअनुसार पालना नगरे सम्बन्धित निकायलाई कारवाहीका लागि सिफारिस गर्न अनुरोध गरेका छन् । 

प्रकाशित मिति: ०७:४० बजे, शनिबार, भदौ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्