Kathmandu Press

भारतमा एकैदिनमा करिब ७० हजार कोरोना संक्रमित 

काठमाडौं, भदौं ६ : भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै शनिबार....

भारतमा एकैदिनमा करिब ७० हजार कोरोना संक्रमित 

काठमाडौं, भदौं ६ : भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म २२ लाख २० हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९६ हजार ६४१ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९५३ जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५५ हजार ९२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०७:२४ बजे, शनिबार, भदौ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्