Kathmandu Press

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, भदौ ५ :  धनुषामा मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार मृत्यु भएका नगराइन नगरपालिका–३....

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, भदौ ५ :  धनुषामा मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार मृत्यु भएका नगराइन नगरपालिका–३ फुलगामाका ५० वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो। 

ती पुरुषको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। अस्वस्थ्य भएपछि बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरधामा भर्ना गरिएका पुरुषको थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको थियो। मृत्यु पछि संकलन गरिएको स्वाबको रिपोर्ट शुक्रबार कोरोना पोभेटिभ आएको हो।

ती पुरुष मुटु, दम, उच्च रक्तचाप र मधुमेहका बिरामी थिए। मृतकको अन्तिम संस्कार भने बिहीबार नै गरिएको थियोे। योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्