Kathmandu Press

शून्य रहेको मनाङमा फेरि भेटिए कोरोना संक्रमित 

मनाङ, भदाै ५ : कोरोना संक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ संक्रमित भेटिएका छन्।

लामो समयदेखि मनाङमा सक्रिय संक्रमित शून्य थियो। स्वास्थ्य ....

शून्य रहेको मनाङमा फेरि भेटिए कोरोना संक्रमित 
फाइल

मनाङ, भदाै ५ : कोरोना संक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ संक्रमित भेटिएका छन्।

लामो समयदेखि मनाङमा सक्रिय संक्रमित शून्य थियो। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार जारी गरेको विज्ञप्तिमा मोरङको विराटनगर र चितवनको भरतपुर घर भई मनाङमा कार्यरत दुई जनामा सङ्क्रमण भएको जनाइएको छ। 
 
विराटनगर घर भएका ५७ वर्षीय भरतपुरका ५१ वर्षीय  संक्रमण भएको विज्ञप्तिमा जनाइएको छ। यही भदौ २ गते १८ जनाको पीसीआर परीक्षणका लागि पठाइएकामा ती दुई जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुवराज आचार्यले जानकारी दिए। संक्रमित हुनेमा भरतपुर नगरपालिका–११ घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभूत विद्यालयका शिक्षक र विराटनगर–११ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ।  

ती संक्रमितलाई जिल्लाको आइसोलेसनमा राखिएको छ। संक्रमित सबैको स्वास्थ्यलाभको कामना गर्दै प्रजिअ आचार्यले महामारीको परिस्थितिमा मनाङवासीलाई त्रसित नहुन तर सतर्क भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी उच्च मनोबलका साथै सतर्कतापूर्वक कार्य गर्न  आग्रह गरेका छन्। 

गण्डकी प्रदेशका ११ जिल्लामध्ये दुईमा सक्रिय संक्रमित शून्य थियो । प्रदेशका  मनाङ र मुस्ताङमा यसअघि एकएक कोरोना संक्रमित भेटिए पनि निको भएपछि कोरोनामुक्त भएका थिए। 

प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्