Kathmandu Press

दुबईमा अलपत्र नेपालीलाई आइतबार नेपाल ल्याइने

काठमाडाैं, भदाै ५ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं–दुबईका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ।

संस....

दुबईमा अलपत्र नेपालीलाई आइतबार नेपाल ल्याइने
फाइल

काठमाडाैं, भदाै ५ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं–दुबईका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबईबाट काठमाडौंका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले जनाएको हो। उक्त उडानमा कोभिड–१९ नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ। 

निगमको उडान तालिका अनुसार बिहान ७ : ३० बजे काठमाडौँबाट दुबई जाने जहाज सोही दिन दिउँसो ४ : १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ।

निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौंका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौंमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो। काठमाडौंबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै फर्किएको थियो।

जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो। उडानका लागि दुबई एयरपोर्टमा तयार रहेका यात्रु अलपत्र परेका थिए। बिहीबारको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो। रासस

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, भदौ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्