Kathmandu Press

भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा भेटियो

काठमाडौं, भदौ ५ :  भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ।

विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो ....

भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा भेटियो

काठमाडौं, भदौ ५ :  भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ।

विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो। भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको पौराणिक कथन छ।  स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो।

जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन्।

'स्वर्ण रङको कछुवा नेपालसँगै विश्वका अन्य देशमा समेत फेला परेको छ। तर, त्यसको संख्या हालसम्म पाँच वटा मात्रै छ,' उनले भनेका छन्।

स्वर्ण कछुवाको धार्मिक महत्वको रहेको उनले बताए। 'कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई धर्तीको रुपमा लिने गरिन्छ। भगवान विष्णुको अवतारका रुपमा पूजिने समेत भएकाले यसको विशेष धार्मिक महत्व छ,' उनले डेली मेलसँग भनेका छन्। 

कछुवाको रुपमा विष्णुले धारण गरेको अवतारलाई कुर्म अवतार भनिने पौराणिक कथन छ। 
 

प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, भदौ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्