कोरोना कहर : संक्रमित १३३ जना आईसीयूमा, १५ जना भेन्टिलेटरमा
काठमाडौं, भदौ ५ : नेपालमा आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन्।
स्वास्थ्य तथा जनसंख्य....

काठमाडौं, भदौ ५ : नेपालमा आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १३३ जना संक्रमित आईसीयूमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश एकमा १६ जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५३ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर पाँचमा १३ जना संक्रमितको आईसीयूमा उपचार भइरहको छ।
यस्तै, १५ जना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ। भेन्टिलेटरमा उपचाररत सबै संक्रमित वागमती प्रदेशका रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











