पीसीआर परीक्षणका लागि सरकारको तीन अर्ब बढी खर्च
काठमाडौं, भदौ ५ : सरकारले पीसीआर विधिबाट कोरोना परीक्षणका लागि तीन अर्बभन्दा बढी खर्च गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ....

काठमाडौं, भदौ ५ : सरकारले पीसीआर विधिबाट कोरोना परीक्षणका लागि तीन अर्बभन्दा बढी खर्च गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा अहिलेसम्म तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय रूपैयाँ खर्च भएको जनाएको छ। अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ। तीमध्ये ३० हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एक संक्रमित भेट्न सरकारले एक लाख चार हजार रूपैयाँ खर्च गरेको छ। यस्तै, एक संक्रमितलाई आईसीयूमा राखेर उपचार गर्दा चार लाख ५० हजार खर्च हुने गौतमले बताए।
'एक जना संक्रमितलाई २० दिन आइसोलेसनमा भर्ना गरेर उपचार गर्नु पर्यो भने चार लाख ५० हजार खर्च हुन्छ। कोरोना पोजेटिभ पत्ता लगाउने परीक्षणा र उपचार दुवै कठिन काम हो,' उनले भने, 'त्यसैले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कौँ।'











