Kathmandu Press

लकडाउनमा नेपालमा बढ्यो नवजात शिशुको मृत्युदर

काठमाडौं, भदौ ५ : नेपालमा मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको एक अध्ययनले देखाएको छ। 

कोरोना महामारीका कारण....

लकडाउनमा नेपालमा बढ्यो नवजात शिशुको मृत्युदर
सांकेतिक

काठमाडौं, भदौ ५ : नेपालमा मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको एक अध्ययनले देखाएको छ। 

कोरोना महामारीका कारण भएको लकडाउनमा गरिएको अध्ययनले मातृ तथा शिशु स्याहारको अवस्था नाजुक रहेको देखाएको हो। चैतदेखि साउनसम्म अध्ययन गर्दा नवजात शिशुको मृत्यु दर बढेको पाइएको छ। 

नवताज शिशुको मृत्युदर प्रतिहजार जन्ममा १३ रहेको अवस्थामा लकडाउनको समयमा ४० पुगेको अध्ययनले देखाएको छ। कोरोना संक्रमणको जोखिमका कारण अधिकांश अस्पतालले प्रसूति सेवा बन्द गरेपछि यस्तो अवस्था आएको अध्ययन गर्ने संस्था ल्यान्सेटको भनाइ छ। 

ल्यानसेटसँग कुरा गर्दै डाक्टर ल्हामो शेर्पाले अधिकांश अस्पतालले प्रसूति सेवाका लागि अन्यत्रै रिफर गर्ने गरेको बताएका छन्। 'अधिकांश अस्पतालमा प्रसूति सेवा बन्द थिए। भएकाहरुले पनि अन्यत्रै रिफर गरेका थिए। त्यसैले समयमै सेवा नपाउँदा नवजात शिशुको मृत्यु दर बढेको हुनसक्छ,' उनले भनेका छन्। 

सन् २००० देखि स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिनेको संख्या बढेका कारण नेपालमा नवजात शिशुको मृत्युदर घटेको थियो। सन् २००० देखि २०१९ सम्म मातृ मृत्युदर ७६ प्रतिशतले घटेको थियो भने नजवाज शिशुको मृत्युदर ६२ प्रतिशतले घटेको थियो।

अध्ययन  गर्ने संस्थाले मातृ तथा नवजात शिशुको स्वास्थ्यका लागि सरकारले प्रसुति सेवालाई चुस्त नराखे मृत्यु दर बढ्ने बताएको छ। 'कोरोना महामारीमा प्रसूति सेवालाई चुस्त नराख्दा मृत्युदर बढेको छ। यसमा सुधार भएन भने अझै बढ्न सक्नेछ,' संस्थाले प्रकाशित गरेको जर्नलमा उल्लेख छ। 

संस्थाले २१ हजार ७ सय ६३ जना सुत्केरी महिलामा अध्ययन गर्दा २० हजार ३ सय ५४ जनाले बच्चा जन्माएका थिए। त्यसमध्ये १० हजार ५ सय ४३ ले मात्रै पूर्ण स्वास्थ्य सेवा पाएको अध्ययनको दाबी छ। यस्तै, आमाको पेटभित्रै मृत्यु हुनेको संख्या प्रतिहजारमा अध्ययन गर्दा १४ बाट २१ पुगेको संस्थाले जनाएको छ। 
 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्