नेकपाका दुई केन्द्रीय सदस्यलाई कोरोना संक्रमण
काठमाडौं, भदौ ५ : सत्तारुढ दल नेकपाका दुईजना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, सर्लाहीका अनुसार स....

काठमाडौं, भदौ ५ : सत्तारुढ दल नेकपाका दुईजना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, सर्लाहीका अनुसार सर्लाहीका वासिन्दा डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना संक्रमण भएको हो। उनीहरु दुवै जना नेकपा केन्द्रीय सदस्य हुन्। उनीहरुले पनि आफूलाई कोरोना संक्रमण भएको बताएका छन्।
नेकपा केन्द्रीय सदस्य काफ्लेको साउन २६ गते स्वाब संकलन गरिएको थियो। साउन ३२ मा आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको उनले बताए।
उनी अहिले आइसोलेसनमा बसिरहेका छन्। कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।
यस्तै, अर्का केन्द्रीय सदस्इ वाग्लेको भदौ १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। बुधबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको उनले बताए।
उनी पनि घरमै आइसोलेसनमा बसिरहेका छन्। कुनै समस्या नभएकाले घरमै बसिरहेको उनले बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ। संक्रमितमध्ये १७ हजार नौ सय ६४ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट एक सय ३० जनाको मृत्यु छ।











