Kathmandu Press

राति १२ देखि बिहान ९ बजेसम्म तरकारी बजार खुल्ने

काठमाडौं, भदौ ५ : तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ।

कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकार....

राति १२ देखि बिहान ९ बजेसम्म तरकारी बजार खुल्ने

काठमाडौं, भदौ ५ : तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ।

कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी बजार राति १२ देखि बिहान ७ बजेसम्म सञ्चालनमा आउने भएको हो।  निषेधाज्ञाको कारण बजार खुल्न तरकारी बिक्री हुन छाडेपछि व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा बजार खोल्ने समयावधि बढाउन माग गरेका थिए। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधसँगको समन्वयमा बिहान ९ बजेसम्म बजार खोल्न पाउने निर्णय भएको बजार विकास समितिले जनाएको छ।

दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा निषेधाज्ञाको कारण  बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको थियो।

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्