Kathmandu Press

नारायणी अस्पतालमा एकको मृत्यु, कोरोना परीक्षण हुँदै

पर्सा, भदौ ५ : वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा एक जनाको मृत्यु भएको छ।

रौतहटको ईशनाथ नगरपालिका–९ डुमरियाका ५५ वर्षीय पुर....

नारायणी अस्पतालमा एकको मृत्यु, कोरोना परीक्षण हुँदै
फाइल फाेटाे

पर्सा, भदौ ५ : वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा एक जनाको मृत्यु भएको छ।

रौतहटको ईशनाथ नगरपालिका–९ डुमरियाका ५५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका डा.निरज सिंहले बताए।

स्वास्थ्यमा समस्या आएपछि उनी रौतहटको शिवदर्शन सेन्ट्रल अस्पताल भर्ना भएका थिए। उनलाई ज्वरो, खोकी र पखाला लागेको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या हुन थालेपछि नारायणी अस्पताल रिफर गरिएको थियो। उनलाई आज बिहान ३ः३५ बजे आकस्मिक कक्षमा भर्ना गरिएको डा.सिंहले बताए।

उनको फोक्सोमा पनि समस्या रहेको जनाएको छ। कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाले स्वाब संकलन गरिएको छ। उनको शव नारायणी अस्पतालमै राखिएको छ।

कोरोना परीक्षण रिपोर्ट आएपछिमात्रै एकीन हुने अस्पतालले जनाएको छ। उनको आजै दिउसो रिपोर्ट आउने डा.सिंहले बताए।

 

प्रकाशित मिति: ११:२२ बजे, शुक्रबार, भदौ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्