बुटवल अस्पतालमा कोरोना संक्रमित बृद्धको मृत्यु
बुटवल, भदौ ५ : कोरोना भाइरस संक्रमित एक बृद्धको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ।
आज बिहान प्यूठानको स्वर्गद्वारी नगर....

बुटवल, भदौ ५ : कोरोना भाइरस संक्रमित एक बृद्धको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ।
आज बिहान प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय बृद्धको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले बताए। उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए।
भारतबाट फर्केका उनी स्वर्गद्वारी नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परीक्षण गर्दा उनलाई पनि संक्रण देखिएको थियो।
त्यसपछि उनलाई प्युठान अस्पतालकै आइसोलेसनमा राखिएको थियो। तर, ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा पनि समस्या देखिएपछि बुटवल अस्पताल ल्याइएको थियो।
उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान ६ः३० बजे मृत्यु भएको डा.थापाले बताए।
उनलाई निमोनिया पनि देखिएको थियो। यससँगै उनी मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए।











