Kathmandu Press

भरतपुर अस्पतालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं, भदौ ५ : भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरु....

भरतपुर अस्पतालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं, भदौ ५ : भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो । 

मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ ।

अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । (रासस)

प्रकाशित मिति: ०८:४९ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्