चितवनमा थपिए २६ जना कोरोना सक्रमित
काठमाडौं, भदौ ५ : चितवनका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका २....

काठमाडौं, भदौ ५ : चितवनका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका २२ र अन्य जिल्लाका ४ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमा भरतपुर महानगरपालिकाका विभिन्न वडाका ११ महिला र ८ पुरुष गरी १९ जना र राप्ती नगरपालिकाका ३ जना पुरुष छन्।
त्यस्तै नवलपरासी पूर्व, पर्वत, पर्सा र मकवानपुरका १–१ जनाका कोरोना पुष्टि भएको अस्पताल प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्।
प्रकाशित मिति: ०८:२७ बजे, शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











